होमियो चुनावमा नेकपा (एस) कोहलपुर

नेपालगन्ज : स्थानीय चुनावको मिति नजिकिदै गर्दा नेकपा एकीकृत समाजबादी चुनावी माहोलमा होमिएको छ ।

नेकपा एकीकृत समाजबादी कोहलपुरले १ हजार १ सदस्यीय सचिवालय निर्वाचन परिचालन कमिटी गठन गर्दै चुनावमा होमिएको हो ।

नेकपा एकीकृत समाजबादी कोहलपुर नगर कमिटीले नेकपा एस लुम्बिनी प्रदेश कमिटी सदस्य रामकृष्ण बिकको संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो भने शुक्रबार बसेको बिस्तारित बैठकले २१ गतेसम्म सबै वडा कमिटीको बैठक बसेर सम्भावित उमेदवारको सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य तथा बाँके जिल्ला सह-इन्चार्ज अब्दुल हुसेन खाँको प्रमुख अतिथ्यमा र कोहलपुर नगर अध्यक्ष नारायणी ओलीको अध्यक्षतामा सम्पन्न बैठकले १५ दिने चुनावी अभियान संचालन गर्ने निर्णय समेत गरेको छ ।

साथै बिस्तारित बैठकले नेकपा एकीकृत समाजबादी कोहलपुर नगर कमिटिको सदस्यमा काैशल खाँ, भक्त वहादुर गिरि, केशव थापा, मदन विक, युवराज वुढ, सागर शाहि, डिल्ली शाही, चन्द राज पाैडेल, दुर्गा सुनार, दल वहादुर वाेहाेरा, रविन वमलाई मनोनीत गरेको छ ।

कार्यक्रममा नेकपा एस बाँकेका उपसचिव भगवती अधिकारी, प्रदेश कमिटी सदस्य रामकृष्ण विक, समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया