आईओसीले पठायो पेट्रोलियम पदार्थको घटेको मूल्य सूची, नेपालगन्जको पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव

नेपालगन्ज : इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ । 

आज पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको निगमले जनाएको छ । 

डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ । यस्तै, मट्टितेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ । 

यता नेपालगन्जमा पेट्रोलियम पदार्थको सर्टेज भएको छ । नेपालगन्जका पेट्रोल पम्पहरुमा लामो सवारीसाधनको लाइन लागेको छ भने । पम्पहरुमा डिजेल नपाइएको गुनासो रहेको छ ।

प्रतिक्रिया