खजुरा २ को अध्यक्षमा जसको चर्चा छ, यी हुन् सम्भावित उमेदवार ..!

नेपालगन्ज :

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक पार्टीहरु चुनावी समीकरण र उमेदवारको सिफारिसको लागी कसरत गतिरहेका छन् ।

बाँकेको चर्चामा रहेको स्थानीय तह मध्य एक खजुराको अध्यक्ष संगै वडा अध्यक्षको लागी नेता तथा कार्यकर्ता टिकटको लबिङमा होमिएका छन् ।

त्यस्तैमा खजुरा वडा नम्बर दुइमा सबै राजनैतिक दल र नेताहरुले आधिकारिक नभए पनि उमेदवार र अध्यक्षको चाहन सहितको ब्यक्तिगत घोषणा गर्न थालेका छन् ।

यता सत्ता साझेदार दलहरुले गठबन्धन गरेरै चुनावी माहोलमा होमिमे भन्दै केन्द्र देखि स्थानीय तहसम्म नै कसरत गरेको पाइन्छ त्यस्तोमा खजुरा वडा नम्बर दुईमा गठबन्धनबाट माओवादीका उमेदवारको रुपमा  ओली हुने आकलन गरिएको छ ।

भेरी अस्पताल नेपालगन्जको बिकास समिती सदस्य समेत रहेका धनिराम ओलीको लागि खजुरामा वडा नम्बर दुई गठबन्धनमा सहमति जुट्ने बताइदै आएको छ । यदि नेकपा एकीकृत समाजबादीले दुई नम्बरमा आफ्नो पहिलो माग गरिएको वडाको रुपमा प्रस्तुत नभएको हकमा धनिराम ओली सम्भवत वडा अध्यक्षको उमेदवार हुने पक्का जस्तै छ ।

तर उता नेकपा एकीकृत समाजबादी बाँकेका एक नेताका अनुसार समाजबादीले वडा नम्बर दुईलाई रोजाईको वडामा राखेको र त्यस वडामा हालको दुई नम्बर वडाका सदस्य समेत रहेका नन्दलाल गुर्ताललाई टिकट दिने बताइएको छ ।

उता नेपाली कांग्रेसबाट युवा नेताको रुपमा कमल सिंह ठकुरीको नाम आजबाट वडा नम्बर दुईको अध्यक्षको रुपमा एकथरी कांग्रेसले प्रस्तुत गरेका छन् ।

उता नेकपा एमालेबाट खजुरा दुइको अध्यक्षको रुपमा पहिलो नम्बरमा सम्मर खत्रीको नाम चर्चामा रहेको छ । नेकपा एमाले वडा नम्बर दुइको अध्यक्षको सम्भावित उमेदवारको रुपमा खत्रीलाई एमाले खजुरा वडा नम्बर दुइमा सर्वसम्मत हुने सम्भावना बढी रहेको बताउदै आएका छन् ।

उता नेकपा एमालेबाट वडा नम्बर दुइको अध्यक्षमा याम बहादुर महतारको पनि चर्चा चलेको छ । एमाले बाट वडा नम्बर दुइको अध्यक्षमा महताराले समेत इच्छा ब्यक्त गरेको एमाले खजुरामा चर्चा सुनिन थालेको छ ।

नेपाल रेडक्रस सोसाइटी सितापुर उपशाखाको अध्यक्ष रहेर काम गरिसकेका खत्री पुर्व शिक्षक हुन भने घरेलु तथा साना उद्योग महा संघ बाँकेका कार्यबाहक अध्यक्ष समेत खत्री वडा नम्बर दुईबाट एमालेको उमेदवार हुने लगभग पक्का नै मानिएको छ ।

यदि सत्ता साझेदार पार्टीले खजुरामा वडा तहसम्मै तालमेल गरेर चुनावमा गएको अवस्थामा गठबन्धनको उमेदवार र एमालेबाट सम्मर खत्रीको रोचक प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतिक्रिया