खजुरा ३ को अध्यक्षमा राप्रपाबाट भुपेन्द्र राना चुनावमा होमिदै

नेपालगन्ज : स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा खजुरा ३ मा चुनावी माहोल रोमाञ्चित बन्दै गएको छ ।

खजुरा गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ३ मा एमाले, माओवादी, कांग्रेस र समाजबादी समेतले आफ्नो उमेदवार उठाउने तरखर गरिरहेको बेला राप्रपाबाट ३ को अध्यक्षमा भुपेन्द्र राना अगाडी आएका छन् । खजुरा वडा नम्बर ३ राप्रपा पार्टीको राम्रै अवस्था रहेको वडाको रुपमा चिनिन्छ ।

खजुराको मगर समुदायमा राम्रो पकड राख्ने राना चुनावी माहोलमा आएको चर्चा संगै धेरैको मत आकलन र भोटको हिसाबकिताब खलबलिएको छ । खजुरा वडा नम्बर ३ मा जितको लागी मगर समुदायको भोट निर्णायक हुने गर्छ ।

खजुरा वडा नम्बर ३ बि गाउँका स्थानीय रानाको बि गाउँ, खजुराको भोट संगै वडा नम्बर ३ कै मगर समुदायमा राम्रो पकड मानिने गर्छ ।जसले गर्दा अन्य पार्टीको जुनसुकै उमेदवार उठेको खण्डमा पनि समुदायको तर्फबाट एकतर्फी भोट आउने वा दुई वा त्यो भन्दा मगर उमेदवार भएको अवस्थामा मात्रै मत बाडिने स्थानीय बताउछन् ।

प्रतिक्रिया