युएइले अप्रिल ११ देखि राहदानीमा लगाउने भिसा हटाउने, इमिरेट्स आईडीमै अब समावेश हुने

दुबई :

युएइले राहदानीमा लगाउने गरेको रेसिडेन्सी भिसा हटाउने भएको छ । यो नियम यहि अप्रिल ११ पछि जारी गरिने रेसिडेन्सी कागजातहरूको हकमा लागू हुने बताइएको छ । एघार अप्रिल उप्रान्त रेसिडेन्सी नविकरण गरेका प्रवासीहरूले आफ्नो राहदानीमा छाप लगाइएको रेसिडेन्सी भिसा देखाइरहनु पर्नेछैन ।

पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि संघीय प्राधिकरणले जारी गरेको सर्कुलरलाई उद्धृत गर्दै एउटा रिपोर्टले त्यहाँका बासिन्दाहरूको इमिरेट्स आईडीलाई उनीहरूको रेसिडेन्सीको रूपमा मानिने रआईडी मा सबै सान्दर्भिक रेसिडेन्सी-सम्बन्धित जानकारी समावेश हुने जनाइएको छ ।

एयरलाइन्सहरूले निवासीहरूको इमिरेट्स आईडी र राहदानी नम्बर मार्फत रेसिडेन्सी प्रमाणीकरण गर्न सक्नेछन् ।

.

यस वर्षको सुरूवातमा त्यहाँको मन्त्रिपरिषद्ले रेसिडेन्सी स्ट्याम्प हटाउने सम्बन्धमा एक प्रस्ताव पारित गरेपछि यो प्राबधान लागु गर्न लागिएको हो भने यस कदमले युएइ सरकारले जनतालाई प्रदान गर्ने सेवाहरूमा स्तरवृद्धि हुने लक्ष्य राखेको छ ।

रेसिडेन्सी भिसा एक स्टिकर हो जुन प्रवासीहरूको राहदानीमा उनीहरूले स्वास्थय परीक्षण पास गरेपछि छाप लगाइन्छ। यस्तो स्टिकर रेसिडेन्सी भिसाको आधारमा  दुई, तीन, पाँच वा दस वर्ष अवधिको लागि जारी गर्ने गरिएको थियो ।

मध्यपूर्वका देशहरूमा श्रम गर्न पुग्ने श्रमिकहरूको  राहदानीमा रेसिडेन्सी स्टीकर लगाउन नपर्ने ब्यवस्था गर्नाले रेसिडेन्सी स्टीकर टाँस्नको लागि राहदानीको पाना सकिएर नयाँ राहदानी बनाउनु पर्ने झण्झटबाट मुक्ति मिलेको छ भने समय र खर्चको बचत हुने भएको छ ।

स्मरण रहोस, यूएइले अहिले अाएर यो व्यवस्था लागु गरे पनि कुवेतले भने सन २०१९ बाट नै राहदानीमा रेसिडेन्सी स्ट्याम्प हटाएको हो ।

प्रतिक्रिया