राप्तीसोनारी २ को अध्यक्षमा ‘ज्ञानु’ ओलीको चर्चा, स्थानीय भन्छन् ‘हामी जिताउछौ’

नेपालगन्ज : कोरोनाकालमा जनताको घरदैलोमा पुगेर खाद्यान्न देखी स्वास्थ्य सुरक्षाका सामाग्री बोकेर जनताको सेवामा खटिएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षमा ज्ञानेन्द्र ओली ‘ज्ञानु’ को चर्चा सुरु भएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य समेत रहेका युवा नेता ओली नेकपा एमालेबाट सम्भावित वडा अध्यक्ष हुन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का स्थानीयको निस्वार्थ बिकास, सेवा र सहयोगका सारथीको रुपमा आफ्नो परिचय बनाएका राष्ट्रिय युवा संघ नेपालका बाँके जिल्ला संयोजक समेत हुन् ।

कोरोना कालमा सम्पुर्ण वडाबासीको लागी खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री लिएर जनचेतना बाड्दै वडाबासीको सेवा गरेका ओलीलाई स्थानीय समेतले जिताउने भन्दै टिकट दिन पार्टीलाई अनुरोध गरेको बताउछन् ।

‘हाम्रो दुख सुखमा काम लाग्ने र काम गरेका जनप्रतिनिधि भनेकै ओली हुन्, अब हामिले उहालाई अध्यक्षको रुपमा जिताउन चाहन्छौं, किनकी हामिलाई बिश्वास छ उहाले वडामा निस्वार्थ रुपले कार्य गर्नुहुन्छ, स्थानीय  धुर्ब केसिले बताए ।

आफुले प्राप्त गरेको सुबिधा र ब्यक्तिगत खर्चबाट वडाको सामाजिक, धार्मिक र स्वास्थ्य क्षेत्रमा तोगदान गरेका ओलीले युवाहरूको लागी वडा नम्बर २ मा जिम क्लब समेत खोलिदिएका छन् ।

वडा नम्बर २ मा रहेका दुखी गरिबलाई ब्यक्तिगत रुपमा आर्थिक सहायता देखी ब्यक्तिगत खर्चमा गाउँमा मन्दिर निर्माण गरेका छन् ।

त्यति मात्रै होईन राप्तीसोनारी २ का स्थानीयले बाढीबाट समस्या भोगेका बेला नेता ओलीले खाद्यान्न, मेडिकल क्याम्प र लत्ताकपडा लगेर आफ्नो सेवा गरेको भुलेका छैनन् । स्थानीयहरु बताउँछन् ज्ञानु ओलीलाई पार्टीले टिकट दिनुको बिकल्प छैन , जिताउने जिम्मा हाम्रो हो।

प्रतिक्रिया