नेपालगन्जमा नयाँ बर्ष विशेष कार्यक्रम आयोजना हुँदै, दिपक बज्राचार्य आउने

नेपालगन्ज : नेपालगन्जमा नयाँ बर्षको विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाली नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा नेपालगन्जमा ओभर द होराइजन (ओटीएच) ले चैत्र ३० गते एमपी स्कुल प्राङ्गणमा कार्यक्रम आयोजना हुने भएको हो ।

युवाहरूले स्थापना गरेको ओभर द होराइजन (ओटीएच) इभेन्ट कम्पनीले आयोजना गर्न लागेको कार्यक्रममा नेपाली रक ब्यान्ड अनुप्रस्थसँगै दीपक बज्राचार्य, द रिदम ब्यान्ड, द प्याराडाइज ब्यान्ड लगायतको प्रस्तुति रहने आयोजकले बताएको छ ।

कार्यक्रममा नेपालगन्जका स्थानीय कलाकारहरू सम्राट विश्वास, शिवराज-रूपेश कुमाल र लखनऊबाट डीजे राज समेत सहभागी हुने आयोजकले जनाएका छन् ।

आयोजक संस्थाले सामाजिक कार्य गर्ने, वृद्धाश्रम, बाल हेरचाह केन्द्रहरू, क्यान्सर रोगीहरूको सहयोगको लागी कार्यक्रम आयोजना गर्न लागेको आयोजकले बताएका छन ।

कार्यक्रमको टिकटको मूल्य १ हजार रहेको छ भने विद्यार्थीहरुको लागी १० प्रतिशत छुट रहेको छ । टिकट चैत्र २७ गतेसम्म बुकिङ गर्न सकिनेछ । कार्यक्रम स्थलमा भने टिकटको मूल्य २ हजार कायम गरिएको छ भने कुनै पनि प्रकारको छुट नहुने समेत आयोजकले बताएको छ ।

अग्रिम टिकट बुकिङको लागी ९८६६२००३४०, ९८०८८१३१८३ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया