नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुरमा गठबन्धन आवश्यक छैनः राई

नेपालगंज : अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीका बाँकेका अध्यक्ष कमरुद्दिन राइ नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका थिए, करिव पाँच हजार मत ल्याएका उनि चौथो स्थानमा थिए ।

त्यसबेला जसपा भन्दा धेरै मत नेकपा एमाले, नेकपा माओवादी केन्द्र र काँग्रेसका उम्मेदवारले ल्याएका थिए । १२ हजार बढी मत ल्याएर राप्रपाका धवलशम्शेर राणा मेयरमा निर्वाचित भएका थिए ।

चुनावमा पराजय भएपछि कमरुद्दिन राइ निरन्तर जनताको घरदैलोमा पुगिरहेको बताउछन । त्यही भएर राई फेरि मेयरमा उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा व्यस्त छन् ।

पाँच वर्षसम्म यसरी चुनावी अभियानकै निमित्त जनताको घरदैलोमा व्यवस्त भाएका राइलाई भने आगामी निर्वाचनमा केन्द्रले गर्ने चुनावी गठबन्धनप्रति भने चित्त बुझेकोमात्र छैन त्यसको प्रतिवादमै उत्रिएका छन् ।

सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीचको पाँच दलिय गठबन्धनले केन्द्रमा चुनावी गठबन्धन गरेर अघि बढ्ने निर्णय कार्यकर्ताको हित विपरीत भएको भन्दै राइले त्यसप्रति आपत्ती जनाउदै त्यही बेहोराको जानकारी सहितको पत्र केन्द्र र प्रदेशलाई जानकारी गराइएको राइले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा आफ्नो पार्टीले प्रमुख र उपप्रमुख जित्ने अवस्था रहेकाले गठबन्धन आवश्यक नरहेको पत्र पठाइएको उहाँले बताउनुभयो ।

नेपालगन्जका २३ वडामध्ये मेयर उपमयेरसहित १४ वडा जित्ने दावी जसपाको छ । यस्तै डुडुवामा प्रमुख र उपप्रमुखसहित ५ वडा, जानकीमा प्रमुख र उपप्रमुखसहित ४ वडा र नरैनापुरमा प्रमुख र उपप्रमुखसहित पाँच वडा जित्ने दावी जसपाको छ।

प्रतिक्रिया