सोल्टीमा मिस नेपालगन्ज तथा लिटिल मिस भेरी , भोली ट्यालेन्ट राउन्ड हुँदै

नेपालगन्ज :

सोल्टीमा मिस नेपालगन्ज तथा लिटिल मिस भेरी , भोली ट्यालेन्ट राउन्ड हुँदै

इभेन्टको लागी उर्बर भुमि नेपालगन्जमा विभिन्न इभेन्ट तथा सौन्दर्य प्रतियोगिताको क्रेज दिनानुदिन बड्दै गैरहेको अवस्थामा बिगत एक दशक देखि संचालित मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ का प्रतिस्पर्धी सोल्टी क्राउन प्लाजाको भ्रमणमा गएको छ ।

मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ का प्रतिस्पर्धीले सोल्टी वेस्टेन्ड प्रीमियर होटेल एन्ड रिसोर्टमा टेबल म्यानर संगै डाइनिङ इटिक्विटको तालिम प्रदान दिइएको थियो ।

होटेल सोल्टिका जेनेरल म्यानेजर इन्द्र खड्काले मिस नेपालगन्ज तथा लिटिल मिस भेरिका प्रतिस्पर्धीलाई तालिम प्रदान गर्नुभएको थियो ।

सोल्टीमा मिस नेपालगन्ज तथा लिटिल मिस भेरी , भोली ट्यालेन्ट राउन्ड हुँदै

तालिम प्रदान गरेपश्चात् सोल्टिका जेनेरल म्यानेजर इन्द्र खड्काले यस्तो किसिमको भिजिटले प्रतिस्पर्धीमा आत्मविश्वास जागृत गर्ने बताउनुभएको थिए ।

त्यस्तै , सौन्दर्य प्रतियोगिताको आयोजक संस्था एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोग जंग शाहले सोल्टी भिजिट पछि प्रतिस्पर्धीमा क्षमता वृद्धि संगै उनिहरुले गर्ने ब्यवहार र मनोबलमा वृद्धि भएको बताएका छन् ।

सोल्टीमा मिस नेपालगन्ज तथा लिटिल मिस भेरी , भोली ट्यालेन्ट राउन्ड हुँदै

पुस १२ गतेका दिन मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ ताजको छिनोफानो हुनेछ भने ट्यालेन्ट राउन्ड शनिबार हुने आयोजकले बताएको छ ।

ट्यालेन्ट राउन्डमा प्रतिस्पर्धीले आफुमा भएको क्षमता प्रस्तुत गर्ने छन् भने इभेन्टको असिस्टेन्ट कोरियोग्राफ दिपिका श्रेष्ठ र सुमन थापाले गरेका छन् भने कोरियोग्राफ अस्विनी झाले गर्ने छन् । इभेन्टको फोटोग्राफी एल्भिन कार्कीले गरेका छन् ।

सोल्टीमा मिस नेपालगन्ज तथा लिटिल मिस भेरी , भोली ट्यालेन्ट राउन्ड हुँदै

प्रतिक्रिया