नेपालगन्जमा कारको ठक्करबाट बाटोमा हिडिरहेका तीन जनाको मृत्यु

नेपालगन्ज : बाँकेको नेपालगन्जमा कारको ठक्करबाट बाटोमा हिडिरहेका तीन जनाको मृत्यु भएको छ ।

प्रदेश ३- ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक गएराती पौने १२ बजे तिर ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

बाटोमा हिडिरहेका तीन जनालाई कारले ठक्कर दिएको थियो ।

कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पुर्‍याएपनि चिकित्सकले भने मृत घोषणा गरेका थिए । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया