नेपालगन्ज सुर्खेत रोडमा विद्यार्थीहरु पलेटी कसेर बसे, यस्ता छन् मागहरू

नेपालगन्ज :

नेपालगन्जमा रहेका सिटिईभिटीका विद्यार्थीहरुले नेपालगन्ज सुर्खेत रोड (बिपि चोक नजिक) सडकमा पलेटी कसरी आन्दोलन गरेका छन् ।

सिटिइभिटीले भेदभाव गरेको भम्दै परिक्षा केन्द्रहरु खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

केही प्रदेशहरुमा होम सेन्टर दिएको अवस्थामा बाकेमा भने त्यो लागू नभएको, परिक्षाको तालिका आकस्मिक निकालिएको, कोर्स पूरा पढाइ नभएको भन्दै आन्दोलनमा उत्रिउनु परेको नेपालगन्ज टेक्निक्ल कलेजका विद्यार्थी प्रेम प्रसाद खनालले बताए ।

नेपालगन्जमा रहेका सिटिइभिटी अन्तरगतका कलेजहरु नेपालगन्ज टेक्निकल कलेज, भेरी प्राबिधिक शिक्षालय , नेसनल इन्जिनियरिङ कलेज, कलेज अफ अलाइडका विद्यार्थीहरु सहभागी रहेको बिरोध कार्यक्रममा एक तर्फी सडक जाम गरि नाराबाजी गरेका थिए ।

विद्यार्थीहरुले आफुहरुको माग सम्बोधन नभए दैनिक आन्दोलन गर्ने बताएका छन् ।

प्रतिक्रिया