एमाले नेपालगन्जको मेयर र उपमेयरमा मिश्रा र ढकालको नाम सिफारिस

नेपालगन्ज : स्थानीय तह निर्वाचनको लागी नेकपा एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सर्वसम्मत नाम सिफारिस गरेको छ ।

एमाले नेपालगन्ज नगर कमिटीको सोमबार बसेको बैठकले नेपालगन्जको मेयरमा पशुपति दयाल मिश्रा र उपमेयरमा शान्ति ढकालको नाम सिफारिस गरेको हो ।

मिश्रा र ढकाल नेकपा एमालेका केन्द्रीय कमिटीका सदस्य हुन् ।

त्यस्तै एमालेले राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिकाको उमेदवारको नाम सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया