नेपालगन्ज : स्थानीय तह निर्वाचनको लागी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बैजनाथ गाउँपालिका कमिटीले आफ्नो उमेदवार घोषणा गरेको छ ।
सोमबार बैजनाथ गाउँपालिका कमिटी कार्यालयमा एक कार्यक्रम गरि नेकपा एसले आफ्ना उमेदवार घोषणा गरेको हो ।
नेकपा एकीकृत समाजवादी बैजनाथ गाउँपालिका कमिटीको अध्यक्ष खडग बहादुर रजाली मगरको अध्यक्षता तथा नेकपा एसका पोलिट ब्युरो सदस्य दल बहादुर सुनारको प्रमुख आतिथ्यमा उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
बैजनाथ वडा नम्बर १ मा बिर्ख बहादुर रोकाय (अध्यक्ष) , चन्द्र बहादुर विश्वकर्मा (सदस्य), सुनिल कुमार, थारु (सदस्य), हिरादेबी शाह (महिला सदस्य ), शान्ती विश्वकर्मा (दलित महिला सदस्य)
बैजनाथ वडा नम्बर २ मा मकर बहादुर रामजाली मगर (अध्यक्ष), बिर्मा टमटा (महिला सदस्य)
बैजनाथ वडा नम्बर ३ मा राजु बहादुर बि सि (अध्यक्ष), राज कुमारी थारु (सदस्य), पदम बहादुर बिर्कटा मगर (सदस्य) बजारु थारु (सदस्य), धन सनसरा नेपाली (दलित महिला सदस्य)
बैजनाथ वडा नम्बर ४ मा जय बहादुर शाह (अध्यक्ष) जिउनी बिक, (दलित महिला सदस्य), रेखा थापा (महिला सदस्य), ईन्द्र बहादुर शेरचन (सदस्य), गोबिन्द बुढा (खुल्ला सदस्य)
बैजनाथ वडा नम्बर ५ मा दिप बहादुर थापा (अध्यक्ष)
बैजनाथ गाउँपालिका वडा नम्बर ६ बाट भमे वडा अध्यक्षमा सुनिल रसाइली र शेर बहादुर खड्का लाई सिफारिस गरिएको छ । हेमप्रकाश गिरि (सदस्य)
बैजनाथ गाउँपालिका ७ र ८ नम्बर वडामा उमेदवारको एक दुईदिनमै टुङ्गो लगाउने नेकपा एकीकृत समाजवादी बाँके जिल्ला सचीव दिपक जिएमले बताएका छन् ।









