नेपालगन्ज : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा चुनावी माहोल तातिदै गएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको अध्यक्ष पदको उमेदवारको रुपमा नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस गरिए पनि रामदास थारुलाई जनताको भरोसाको केन्द्रको रुपमा हेरिदै आएको छ ।
नेकपा एमाले र सत्ता साझेदार गठबन्धन बिचको सिधा प्रतिस्पर्धामा रामदास थारुले नै एमालेको लागी पालिका जित्ने उमेदवारको रुपमा हेरिन थालेको छ ।
नेकपा एमालेका पुराना अनि निष्ठावान कम्युनिष्ट खम्बाको रुपमा परिचय पाएका थारु हालका युवा पुस्ताको समेत रोजाइमा रहेका छन् ।
वि.स. २०३२ बाट आफ्नो राजनैतिक यात्रा सुरु गरेका थारुले २०४४ सालमा वडा अध्यक्षमा निर्वाचित भएर निर्वाचित जनप्रतिनिधिको रुपमा गाउँको बिकासमा योगदान दिएका थिए ।
गाउँ तथा वडाको बिकास, सहयोग र समाज सेवामा कहिल्यै फाइदा र अवसर नखोजेका थारुलाई भने यसपटक पालिका अध्यक्ष बनाएर पालिकाको बिकासको लागी जिम्मा सुम्पने स्थानीयहरुको योजना छ । स्थानीयहरु पार्टीले थारुलाई टिकट दिनुपर्ने र जिताउने जिम्मा आफ्नो भएको बताउदै आएका छन् ।
निष्ठावान पुराना कम्युनिष्ट नेताको रुपमा कहलाउने थारुले ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर जनता सेवा र पालिकाको बिकासमा योगदान दिन सक्छन् भनेर नै राप्ती सोनारीका स्थानीय ब्यक्ति तथा बुद्धिजीवी सर्कलले उनलाई पालिका अध्यक्षमा उठ्न हौसला दिएका छन् ।
तत्कालीन समयमा २०५४ सालमा गाबिस अध्यक्षमा समेत उठेका थारु झिनो मतले पराजित भएका थिए । त्यसपछि नेकपा एमालेको पार्टी गतिविधि र संगठन निर्माणमा सक्रिय रहेका थारु एमालेलाई राप्ती सोनारीमा मजबुत बनाउन लागि परेका नेता हुन् ।
रामदास थारु प्रती जनताले अथाह आशा गरेका छन् । त्यो उनले अहिलेसम्म गरेको त्यागको प्रतिफल हो भन्ने मान्दछन ।
थरु भन्छन्, मैले राजनिती जनताको सेवाको लागी गरेको हु, पद हुँदा होस् य नहुदा मैले गर्ने भनेकै जनताको सेवा हो, जुन सायद राप्ती सोनारीका स्थानीयले महसुस गर्नुभएको छ । त्यसैले पनि यो स्थानीय चुनावमा राप्ती सोनारीको सम्पुर्ण जनताको भरोसा जिवित राख्न पनि म यो चुनावी मैदानमा आएको छु र राप्ती सोनारीको बिकास र नेकपा एमालेको विजयको लागी मलाई पार्टीले टिकट दिनेमा बिश्वस्त छु ।
राप्ती सोनारीका पूराना अनि पाका कम्युनिष्ट नेता थारुलाई टिकट दिनुपर्छ भन्नेमा राप्ती सोनारीका एमाले एकबद्द रहेको बताइन्छ ।
स्थानीय चुनावमा सत्ता साझेदार दलहरु सम्मेलित गठबन्धन संग एमाले एक्लै भिड्ने अवस्था रहेको छ । त्यस्तोमा राप्ती सोनारी नेपाली कांग्रेसले पछिल्लो पटक बिजयी हासिल गरेको स्थान समेत हो । यस्तो अवस्थामा नेकपा एमालेलाई कांग्रेस सम्मेलित गठबन्धन हराउने उमेदवार अगाडी सार्नुपर्ने हुन्छ । जसको लागी रामदास थारु नै पहिलो रोजाई हुने राप्ती सोनारीका एमाले नेता तथा कार्यकर्ताहरु बताउदै आएका छन् ।
एमालेलाई चुनाव जिताउन सक्ने उमेदवार भनेको रामदास थारु नै हुन्, उनले नै एमालेबाट टिकट पाउनु पर्छ, एक एमाले कार्यकर्ताले बताए ।









