नेकपा एसले गर्‍यो खजुराको अध्यक्ष र उपाध्यक्षमा ३-३ जनाको नाम सिफारिस, को को परे ?

नेपालगन्ज : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक पार्टीहरु चुनावी समीकरण र उमेदवारको सिफारिसको लागी कसरत गतिरहेका छन् ।

बाँकेको चर्चामा रहेको स्थानीय तह मध्य एक खजुराको अध्यक्षको लागी नेकपा एकीकृत समाजबादीले ३ जनाको नाम सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजबादीले खजुरा गाउँपालिकाको लागी उपाध्यक्षमा समेत ३ जनाको नाम सिफातिस गरेको नेकपा एसका नेता लाल बहादुर खत्रीले बताएका छन् ।

गाउँपालिका अध्यक्षका लागी सिफारिस हुनेमा लाल बहादुर खत्रि,हाेनाथ सापकाेटा र प्रेमा राना छन् भने उपप्रमुखमा सिफारिस हुनेमा प्रसाद देवकाेटा,बाबुदिन खा र गाेमा कामी रहेका छन् ।

प्रतिक्रिया