नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका टिकुलीपुरमा भएको आगलागी पीडित घर परिवारलाई वडा नम्बर दुईका वडा सदस्य ज्ञानु ओलीले राहत बितरण गरेका छन् ।
आललागीबाट पिडित बनेका ११ घरधुरीलाई वडा सदस्य समेत रहेका राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक ओलीले राहत स्वरुप खाद्यान्न बितरण गरेका हुन् ।
आगलागी पीडित प्रत्यक घरधुरीलाई २५ केजी चामल, ५ केजी आलु, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल तथा अन्य सामाग्री राहत स्वरुप बितरण गरिएको थियो ।
वडा सदस्य समेत रहेका ओली राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ को लागी एमालेबाट सर्वसम्मत वडा अध्यक्षको लागी सिफारिस समेत भएका छन् ।
जनताको सेवामा कटिबद्ध रहने ओलीले आफ्नो वडामा भएको बिपत्ति प्रती दुख ब्यक्त गर्दै आफुले गर्नसक्ने सहयोग उपलब्ध गराउने बाचा समेत गरेका छन ।









