नेपालगञ्ज : स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा बाके जिल्लामा रहेका ८ स्थानीय तहमा राजनैतिक दलले आफ्ना उमेदवार सिफारिसको कार्य लगभग अन्तिम चरणमा पुराएका छन् ।
सम्भावित उमेदवारले पार्टीको टिकटको लागि लबिङ बढाइ रहेको बेला खजुरा गाउँपालिकाको अध्यक्षको लागी नेपाली कांग्रेसबाट ५ जनाले इच्छा व्यक्त गरेका छन् ।
खजुरा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट मो. नक्की खाँ, राजेन्द्र कुमार आचार्य, उत्तमराज घिमिरे, झुपकली मगर र विवेक मल्लको नाम गाउँपालिका कमिटीमा आएको नेपाली कांग्रेस खजुरा गाउँपालिका कमिटीमा आएको सभापति रमेश सिंजालीले बताए ।
त्यस्तै खजुरा गाउँपालिकाको उपाध्यक्ष पदका लागि ८ जनाको नाम पार्टी कमिटीमा आएको छ । उपाध्यक्ष पदका लागि गिता गोदार क्षेत्री, पुष्पा कुमारी सुनार, उमा कुमारी थापा, मन्जु मल्ल, खगी कुमारी राना, अनवारुल हक खाँ, नाजमा खातुन र अमरिता नेपालको नाम गाउँपालिका कमिटीमा आएको सभापति सिंंजाले जानकारी दिएका छन् ।
अध्यक्ष र उपाध्यक्षमा आकांक्षाहरुको नाम गाउँपालिका कमिटीबाट प्रदेश क्षेत्र कमिटीमा पठाइनेछ । प्रदेशले प्रतिनिधिसभा क्षेत्र र क्षेत्रले जिल्लालाई नाम सिफारिस गर्नेछ ।
कांग्रेसमा खजुराको अध्यक्षको लागी ५ जनाले इच्छा जाहेर गरेर लबिङ सुरु गरेपनि कांग्रेसबाट सम्भावित उमेदवारको रुपमा मो. नक्की खाँ, राजेन्द्र कुमार आचार्य र विवेक मल्ललाई हेरिएको छ ।
यता सत्ता साझेदार दलहरु बिच गठबन्धन नभएमा वा खजुरा गाउँपालिका गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेमा यिनै तीन मध्य एकजना कांग्रेसको उमेदवार हुने जानकार बताउछन् ।









