बैजनाथ गाउँपालिका अध्यक्षमा नेकपा (एस) बाट दिपक जिएम सर्वसम्मत

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाँकेले बैजनाथ गाउँपालिकाको अध्यक्षका लागि दिपक जिएमलाई सर्वसम्मत सिफारिस गरेको छ ।

पार्टीको आज बसेको बैठकले जिएमको एकल नाम सर्वसम्मत रुपमा अध्यक्षका लागि प्रदेशमा सिफारिस गरेको हो ।

नेपालकै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिकाको रुपमा बैजनाथ गाउँपालिका रहेको छ । एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालका महासचिव समेत रहेका जिएम सो गाउँपालिकामा समाजसेवीको रुपमा परिचित छन् ।

पाँच दलीय गठबन्धनभित्र समेत सो गाउँपालिकामा समाजवादीलाई प्रमुख दिने आन्तरिक सहमती भएको स्रोतको दावी छ । पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार जिएम भए बिजयी हुने समेत निश्चित रहेको चर्चा छ ।

प्रतिक्रिया