नेपालगन्ज : जनताको मतको सम्मान गाउँको विकासमा योगदान भन्ने नारा सहित अघिल्लो चुनाबमा वडा अध्यक्ष पदमा होमिएका सुमन मल्लले चुनाब सहजै जितेका थिए । २०७४ सालमा जनतालाई गरेको बाचा उनले पुरा गरिसकेका छन् । अब खजुरा गाउँ पालिकालाई समृद्ध बनाउने बताएका छन् ।
खजुरा १ राधापुरको विकास, समृद्धि र सुशासनको यात्रा फलदायी बनाउन दर्जनौं अभ्यासहरु सम्पन्न भएका छन् । यी कृयाकलापहरुले जनताको आजिविकामा प्रत्यक्ष-परोक्ष सकारात्मक प्रभाव पारेका छन् ।
वडा अध्यक्ष सुमन मल्लको नेतृत्वमा वडा कार्यालयले गरेको विकास निर्माणको खुलेर प्रशंसा गर्छन वडा वासीहरु । आँखाले देख्न सक्नेगरी परिवर्तन पनि भएको स्थानीय बताउछन ।
फ्री वाइफाईले सूचनामा सहज पहुँच पुर्याएको छ । फ्री वाइफाई जडान गर्ने बाँकेकै पहिलो वडा हो खजुरा एक । खजुरामा पहिलोपल्ट मात्र हैन, सबैभन्दा धेरै कालोपत्रे गरेको वडा पनि हो वडा नं एक ।
फराकिला बाटो, विद्यालयको पर्खाल र मन्दिरको निर्माणले भौतिक प्रगतिमा उल्लेखनिय प्रगती भएको देख्न सकिन्छ ।
कृषिका लागि सोलार सिंचाईको व्यवस्था तथा बिजुली पोलमा सोलार बत्तीले राधापुरको छुट्टै पहिचान दिएको छ । जिम क्लबले युवाहरुलाई स्वस्थ बनाउन सहयोग गरेको छ ।
नियमित हुने सरसफाइ अभियानले स्वच्छ राधापुर बनाउन सहयोग गरेको छ । वडा कार्यालयबाट प्राप्त हुने सेवामा सहज, सुलभ सेवाप्रवाहले सेवाग्राहीहरु सन्तुष्ट छन् । जनता जनार्दन हुन् भन्ने भनाइलाई आत्मसाथ गर्दै वडा कार्यालय अघि बढेर काम गरेको मल्लले बताए ।
वडा अध्यक्ष मल्लको कृयाशिलता र विकासप्रतिको लगावले वडामा खजुरा गाउँपालिकाबाट मात्र हैन, प्रदेश तथा संघिय सरकारको कार्यक्रमहरु समेत कार्यान्वयन भैरहेको छ ।
कोभिड महामारीको बेलामा वडावासीहरुलाई पुर्याएको सेवाबाट मल्लको सक्रियतालाई मापन गर्न सकिन्छ । जिल्ला मात्र हैन, देशै भरी अक्सिजन सिलिन्डर अभाव रहेको बेलामा स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर सहितको आइसोलेसन मात्र हैन, पहिलो कोभिड लहरको बेलामा भारतबाट आएका वडाबासीलाई लिन नाकामा नै बस पुर्याएको वडाबासीहरुले विर्सेका छैनन् ।
राधापुरको स्थलगत अवलोकन पछि भन्न सकिन्छ कि ५७ महिनाको कार्यकालमा लगभग सबै प्रतिवद्वता पूरा भएका छन् । मल्ल फेरी पनि जनता माझमा थप प्रतिबद्ता लियर जाने भएका छन् ।
सुमन मल्ल खजुरा गाउपालिकाको अध्यक्ष पदका लागि चुनाबी मैदानमा होमिने पक्का भैसकेको छ । जसरि वडामा बिकास गरेर चर्चा कमाएका थिए तेसैगरी पालिका प्रमुख भयर काम गर्ने उनले इच्छा जाहेर गरेका छन् । खजुरामा सुमनले जिते थप बिकास गर्नेमा खजुराबासी बिश्वस्त देखिन्छन् ।
वडामा रहदाँ आफ्नो तलव समेत विपन्नवर्गका लागि सहयोग गरेका सुमनले गाउँपालिकाको अध्यक्षमा उमेद्धवारी दिने चर्चाले अहिले खजुरा लगाएत बाँके जिल्ला तातेको छ ।
सुमनले आफ्ना पार्टिका मात्र नभएर समग्र जनताको मन जितेको खजुरेलि जनताले महसुस गरेको देखिन्छ । कम बोल्ने तर भनेको कुरा काम गरेर देखाउने सुमनको बानि नै छ त्यसैले पनि खजुराका जनताले यो पटक सुमन मल्ललाई भोट दिएर जिताउनेमा बिश्वस्त रहेको एमाले बाँकेका नेता किरण ढकालले बताए ।









