नेपालगन्जमा चर्तिको चर्चा : नेपालगन्ज उपमहानगरको उपमेयरमा आंकाक्षी

नेपालगन्ज : स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा नेपालगन्ज उपमहानगरपालिकाको चर्चा सर्वाधिक हुने गरेको छ ।

जिल्लाको मात्रै नभएर मध्य तथा सुदुरको केन्द्रको रुपमा परिचीत नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरको लागी राप्रपाबाट आंकाक्षीको रुपमा बिन्दु चर्ती मगरको चर्चा चुलिएको छ ।

राप्रपाको लागी समेत शाखको बिषय रहेको नेपालगन्ज उपमहानगरपालिकामा चर्चित संगै स्वच्छ छबिको उमेदवारको खाचो बिन्दुले टारेको धेरैको बुझाई छ । सहयोगी तथा समाजिक कार्यमा सधै अग्रसर बन्दै नेपालगन्जमा ‘बिन्दु दिदि’को नाम कमाउन सफल महिला उधमी बिन्दु चर्ती मगर आसन्न चुनावमा नेपालगन्ज उपमहानगरपालिकाको उपमेयरका आंकाक्षी हुन् ।

नेपालगन्जकै सफल पुस्प ब्यवसायी चर्ती २०६२-६३ देखी नै राजनीतिमा सक्रिय हुनुहुन्छ । राप्रपाको इलाका सचिवबाट राजनैतिक यात्रामा प्रवेश गरेकी चर्ती राजनिती संगै सामाजिक क्षेत्रमा बढी सकृय हुनुहुन्छ ।

नेपालगन्जलाई ग्रीन एण्ड क्लिन शहर बनाउने सपना लिनुभएको चर्तिले अति बिपन्न परिवार तथा महिलालाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भनेर लाग्ने योजना रहेको बताउनुहुन्छ । उसो त बिन्दु चर्ती मगरले ब्यवसायिक जिवनमै धेरै महिलालाई उधमी बन्न प्रेरित गरेको र उधमी बनाउन सफल भएको बताउनुहुन्छ ।

नेपालगन्जमा राप्रपालाई आफ्नो बिरासत जोगाउनु पर्ने अवस्थामा स्वच्छ छवि भएको उमेदवार नेपालगन्ज नगरको उपप्रमुखमा बिन्दु चर्तिलाई पाउनु जितको सम्भावना पनि हो, राप्रपाका नेताहरू बताउने गर्छन् ।

जसरी डाक्टर धवल शमशेर राणाले पार्टी तथा ब्यक्तिगत छबिको कारण नेपालगन्जमा जित निकालेका थिए त्यसरी नै बिन्दु चर्तिलाई नेपालगन्ज र राप्रपा भित्र सेकेन्ड धवल शमशेरको रुपमा हेरिन थालेको छ ।

नेपालगन्ज राप्रपाले मेयर जितेको स्थानिय तह भएको कारण पनि मेयर तथा उपमेयरमा राप्रपाबाट आंकाक्षीको नामावली कम छैन तर राप्रपाको बिरासत जोगाउनु र नेपालगन्जमा जितलाई निरन्तरता दिनु महत्वपूर्ण भएको कारण जित दिलाउनसक्ने उमेदवारलाई नै राप्रपा नेतृत्वले बिश्वास गर्न सक्छ , जसमा चर्तिको सम्भावना बलियो रहेको पार्टी भित्र चर्चा चलेको पाइन्छ ।

नेपालगन्जको सामाजिक क्षेत्रमा स्विकार्य र लामोसमय देखी सहयोगी भावले कार्य गर्दै आएको कारण पनि चर्तीलाई राप्रपाले बिश्वास गर्ने धेरैको बुझाई छ । उता चर्ती स्वयम् पार्टीले उपमेयरमा आफुलाई बिश्वास गर्ने कुरामा बिश्वस्त हुनुहुन्छ ।

प्रतिक्रिया