नेपालगन्ज : सत्ता साझेदार दलहरुको चुनावी गठबन्धनको केन्द्रले गरेको निर्णय प्रती जसपा पछि माओवादी केन्द्रले समेत आपसी जनाएको छ ।
जसपा बाकेले निर्णय सच्याउन भोलिसम्मको समय दिएको बेला यता माओवादी केन्द्र नेपालगन्जले समेत आपत्ति जनाएको छ ।
माओवादीका नेपालगञ्ज उपमहानगरपालिकाका इन्चार्ज नविन शर्माले कार्यदलले गरेको निर्णय अव्यवहारिक र अपमानजनक रहेको बताउनुभयो । माओवादीले मैत्रीपूर्ण एकल प्रतिस्पर्धाको वातावरण बनाउन आग्रह गरेको छ ।












