नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमाले जानकी गाउँपालिका कमिटीले पदम धितालको संयोजकमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बिहिवार बसेको एमाले जानकी गाउँकमिटीको बैठकले
नेकपा एमाले जानकीमा पदम धितालको संयोजकमा ३०१ जना सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
त्यस्तै एमाले जानकीमा ६ वटै वडामा निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ । जसमा वडा नम्बर एकको संयोजकमा सुरेश ब थापा , वडा नम्बर दुइमा शेषराम यादव, वडा नम्बर तिनमा अबाद् सिद्दिकी, वडा नम्बर चारमा जयराम यादव, वडा नम्बर पाँचमा राम कुमार बर्मा र वडा नम्बर ६ मा राम लखन लोनिया रहेका छन् ।
नेकपा एमालेका नेता तथा जानकी गाउँपालिका कमिटीका इन्चार्ज किशोर थापाका अनुसार जानकी गाउँपालिकामा एमालेमय रहेकोले पालिकामा एमालेले पुनः बिजय हासिल गर्ने बताएका छन् ।










