नेपालगन्ज – मुख्य दलहरुनै नेपालगन्जमा निर्वाचन आचारसंहिता बिपरित चुनाव प्रचार सामाग्री प्रहरीले हटाएको छ ।
नेपालगन्जको त्रिभुवन चोक आसपासको सार्वजनिक स्थलमा टास गरिएको निर्वाचन प्रचार सामाग्री हटाएको हो ।
मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि ठुला दलले त्यसको धज्जि उडाउदै नेपालगन्जका चोकहरुमा प्रचार सामाग्री लगाएका थिए ।
ठूला राजनीतिक पार्टीले नै आचारसंहिताको व्यापक उल्लंघन गरेका थिए । सार्वजनिक स्थलमा राजनीतिक
दल वा उम्मेदवारका प्रचार सामग्री राख्न नपाउने भनिए पनि त्यसको पालना भएको छैन ।
शुक्रबार गृह प्रशासनका अधिकारीसागै मुख्य निर्वाचन अधिकृतले राजनीतिक पार्टीका नेताहरुलाई कार्यालयमै बोलाएर आचारसंहिता विपरित टासेका प्रचार सामग्री तत्काल हटाउन आग्रह गरेका छन् ।











