वडाअध्यक्ष पाठक सहित बहुमत वडा सदस्यहरू एमालेमा प्रवेश

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष सहित सम्पुर्ण टिम नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष अजय पाठक सहितका नेताहरू ख्वाज इद्रीसी , मजिद धोबी, रजब अलि बेहना, फिरोज बेहना लगायत रमेश रैदास, दिनेश कुर्मी एमाले प्रवेश गरेका हुन् ।

युवा नेता पाठक लगायतका नेताहरुलाई नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति, एमाले बाँकेका उपाध्यक्ष दिल्ली बिसि, सचिव रत्न खत्री, एमाले बाँके इन्चार्ज सुर्य ढकाल, एमाले केन्द्रिय सदस्य दिपा शर्मा, केन्द्रिय सदस्य हारुन कादरी, अनुशासन आयोगका केन्द्रीय सदस्य देवराज भार लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।

एमाले प्रवेश गर्दै नेता पाठकले एमालेको लहरलाई कसैले छेक्न नसक्ने बताएका थिए । नेकपा बाँकेका नेता किशोर थापा नेकपा एमाले प्रवेश संगै बाँकेमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेशको लहर बढेको छ ।

प्रतिक्रिया