काँग्रेसबाट नेपालगन्जको मेयरको उमेदवार प्रशान्त बिष्ट

नेपाली काँग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखको उम्मेदवार प्रशान्त विष्टलाई बनाउने निर्णय गरेको काँग्रेस सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा नेपालगन्ज काँग्रेसको भागमा परेको थियो । काँग्रेसले वर्तमान नगर उपप्रमुख उमा थापा मगर, डा. सुरेश कुमार कनोडिया र प्रशान्त विष्टको नाम सर्ट लिष्ट गरेको थियो ।

पार्टी केन्द्रबाट नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेपनि सार्वजनिक भने गरिसकेको छैन ।

विष्ट नेपाली कांग्रेस नेपालगन्ज नगर सभापति पनि हुन् ।

प्रतिक्रिया