खजुरामा गठबन्धनबाट अध्यक्षमा माओवादीबाट डम्बर बिक (तुफान) र उपाध्यक्षमा कांग्रेसबाट मन्जु मल्ल

नेपालगन्ज : स्थानीय निर्वाचनको लागी गठबन्धनले खजुरा गाउँपालिकाको उमेदवारको टुङ्गो लगाएको छ ।

कांग्रेस र माओवादी सम्मेलित गठबन्धनको बसेको बैठकले नेकपा माओवादी केन्द्रका उमेदवार डम्बर बहादुर बिक तुफानलाई अध्यक्षमा उठाउने निर्णय गरेको हो ।

त्यस्तै खजुरामा गठबन्धनले उपाध्यक्षमा नेपाली कांग्रेसबाट मन्जु मल्ललाई चुनावमा उमेदवार गराउने घोषणा गरेको छ ।

यस अघि नै नेकपा एमालेले खजुराको अध्यक्षको लागी सुमन मल्ल र उपाध्यक्षको लागी नजिरा बेगमलाई उठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया