नेपालगन्ज : नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १२ मा निर्वाचित वडाअध्यक्ष बुद्धिसागर सुवेदी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
उनीसँगै निर्वाचित दिनेश राजपन्त सदस्य सहित हरि बाबू घिमिरे कांग्रेस पार्टी नगर सचीव पनि जसपामा प्रवेश गरेका छन् ।
काँग्रेसबाट टिकट नपाएपछि सुवेदी जसपामा प्रवेश गरेका हुन् ।
उनले जसपाबाट १२ नम्वर वडा अध्यक्षमा चुनाव लड्ने छन् । आज एक कार्यक्रमकाबीच पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले सुवेदीसहित ६५ जना काँग्रेसको टीमलाई पार्टीमा भित्र्याएका हुन् ।
राईले सुवेदीलाई वडाअध्यक्षको टिकट समेत दिएका छन् ।
एमाले पार्टीबाट वडा नम्बर(१२ युवा संघका अध्यक्ष बन्दु काफ्ले पनि जसपामा प्रवेश गरेका छन ।









