नेपालगन्ज : नेकपा एमाले खजुरा ४ बाट तिलक वीर सुनारले पुनः टिकट प्राप्त गरेका छन् ।
खजुरा वडा नम्बर ४ को अध्यक्षको लागी तिलकबिर सुनार संगै गोबिन्द शर्मा आआफ्नै लबिङमा थिए ।
गत स्थानीय चुनावमा टिकट पाएर सहज जित निकालेका सुनारले यो पटक पनि आफ्नो जित निश्चित रहेको र आफुले जनताको सेवा गरेको कुरालाई मध्यनजर गर्दै आफुले टिकट पाउनु पर्ने अडानमा थिए ।
खजुरा वडा नम्बर ४ को अध्यक्षको लागी टिकट पाए संगै उनको चर्चा सामाजिक संजालमा पुनः चुलिन थालेको छ । सुनार सामाजिक संजालमा टिकाटिप्पणीकै कारण चर्चामा आइ रहन्छन् भने सामाजिक संजाल मार्फत स्पष्ट बोल्ने जनप्रतिनिधिको रुपमा समेत चिनिने गर्छन् ।
उनको विपक्षमा हालसम्म गठबन्धनको उमेदवार अझै सार्वजनिक भएको छैन । समग्र वडा नम्बर चारको बस्तुस्थितीमा सुनार बलियो उमेदवारको रुपमा चिनिन्छन ।









