राप्ती सोनारी २ मा ओलीले गरे उम्मेदवारी मनोनय दर्ता, स्थानीयले दिए जितको आशिर्वाद

नेपालगन्ज :  राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका युवा नेता ज्ञानेन्द्र राज ओलीले (ज्ञानु)ले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल बाँकेका संयोजक समेत रहेका ओलीले नेकपा एमालेबाट वडाअध्यक्ष पदको लागी आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

कोरोनाकालमा जनताको घरदैलोमा पुगेर खाद्यान्न देखी स्वास्थ्य सुरक्षाका सामाग्री बोकेर जनताको सेवामा खटिएका ओलीले गत निर्वाचनमा वडा नम्बर दुईको वडा सदस्यमा भारी मतले निर्वाचित भएका थिए ।

‘हाम्रो दुख सुखमा काम लाग्ने र काम गरेका जनप्रतिनिधि भनेकै ओली हुन्, अब हामिले उहालाई अध्यक्षको रुपमा जिताउन चाहन्छौं, स्थानीयले आशिर्वाद दिदै जितको कामना समेत गरेका छन् ।

आफुले प्राप्त गरेको सुबिधा र ब्यक्तिगत खर्चबाट वडाको सामाजिक, धार्मिक र स्वास्थ्य क्षेत्रमा तोगदान गरेका ओलीले युवाहरूको लागी वडा नम्बर २ मा जिम क्लब समेत खोलिदिएका छन् ।

वडा नम्बर २ मा रहेका दुखी गरिबलाई ब्यक्तिगत रुपमा आर्थिक सहायता देखी ब्यक्तिगत खर्चमा गाउँमा मन्दिर निर्माण गरेका छन् । भर्खरै मात्रै ओलीले राप्ती सोनारी २ मा आगलागी पिडित ११ घरपरिवारलाई खाद्यान्न बितरण गरेका थिए ।

प्रतिक्रिया