नेपालगन्ज : नेकपा एमाले जानकीका अध्यक्षका उम्मेदवार हिमान्शु यादवले बाँके जिल्लामै प्रमुखको सबैभन्दा कान्छा उम्मेदवार हुन् ।
भर्खर ३० बर्ष पूरा भएका हिमान्शु यादव जिल्लाकै कान्छा प्रमुखको उम्मेदवार हुन् उनले नेकपा एमालेबाट टिकट पाएर चुनावी मैदानमा होमिएका छन् । यादव अटोमोबाइल्स ब्यवसायी हुन् ।
गाउँपालिकालाई फुसको छानो रहित बनाउने बनाउने योजना लिएर चुनावी मैदानमा होमिएका यादले चुनाव जितेमा पूरा कार्यकाल नै कुनै सेवासुबिधा आफुले नलिने घोषणा समेत गरेका छन् ।
निर्वाचनमा आफुले जिते संगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तरगत पालिकालाई फुसको छानो रहित बनाउने बताएका छन् ।
हजारौं समर्थकका बिच सोमबार आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका यादवले आफुसंग पालिकालाई नयाँ ढंगले बिकासको मार्गमा अगाडी लैजाने थुप्रै योजना रहेको समेत बताएका छन् ।
परिवर्तन र नयाँ प्रविधि तथा बिदेशका सफल बिकास मोडेललाई आफ्नो पालिका तथा स्थानीय तहमा प्रयोग गर्ने सक्ने खुबी रहेको युवा नेताको रुपमा यादवलाई जानकीबासीले चिन्दै आएका छन् ।
उद्योग, कलकारखाना र कृषिको हबको रुपमा रहेको जानकी गाउँपालिकामा रहेका बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्न उनले एक किसिमको खाका नै तयार पारेका छन् , जिल्लामै धेरै ठुला उद्योग जानकी गाउँपालिकामा छन् स्थानीयलाई तालिम दिएर ती उद्योगमा रोजगारी प्रदान गर्ने योजना रहेको यादव बताउछन् ।
कृषि बजारिकरण गर्ने र कृषिलाई क्षेत्रको बिकासको लागि समेत योजना बुनेको यादव बताउछन् । हामी संग बजार प्रसस्त छ, उत्पादन प्रसस्त छ मात्रै हामिले थोरै इच्छाशक्ति र सहि योजना बनाउने हो भने जानकीमा कृषिको बिकास सम्भव छ, यादवले बताए ।
गत निर्वाचनमा निर्वाचित जानकी गाउँपालिकाका अध्यक्ष स्वर्गीय राम निवास यादवको छोरा समेत रहेका हिमान्शु सबैका प्रीय उम्मेदवार समेत हुन् ।









