खजुरा ३ का स्वतन्त्र उम्मेदवार बिकास काउचा मगर घरदैलो अभियानमा

नेपालगन्ज : आसन्न स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिका वडा नम्बर ३ बाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दर्ता गराएका बिकास काउचा मगरले घरदैलो अभियान सुरु गरेका छन् ।

खजुरा ३ को वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरे संगै वडाको गाउँ-टोलमा घरदैलो अभियान सुरु गरेका हुन् ।

सफल बाख्रा पालक किसान काउचा मगरले मनकामना, खजुरा र बि गाउँमा मतदाता भेटघाट गरेको बताएका छन् ।

नागरिक समाज संग कुरा गर्दै मगरले स्थानीयहरुको स्नेह पाएको बताएका छन् । ‘स्थानीयले अब युवाको हातमा जिम्मेवारी दिने हो, हाम्रो गाउँ ठाउँमा आफ्नै अगाडी हुर्के बढेर समाजसेवामा लागेको छोरा-भजितलाई जिताउछौ भनेका छन्’, काउचा मगरले भने ।

यता खजुरा गाउँपालिका ३ का स्थानिय टेक बहादुर थापाले युवाले जित्नु भनेको वडाको भबिस्यले जित्नु हो त्यसैले बिकासले जित्नु पर्ने बताउछन् ।

देशका युवाहरू कुलतमा फसेका छन्, हाम्रै खजुरा ३ मा कुलतमा कयौं युवाहरु फसेका छन्, ती युवाहरुलाई सहि मार्गमा ल्याउन र वडाको बिकासको लागी युवाले नै चुनाव जित्नु पर्छ ,उनले भने ।

युवाले हार्नु भनेको हाम्रो आशा, भरोसा अनि हाम्रो भबिस्यले हार्नु हो त्यसैले युवा उम्मेदवार बिकासले जित्नु पर्छ र हामी त्यसका लागि तयार छौं, स्थानिय हेमन्त शाहिले बताए ।

खजुरा वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार बिकास काउचा मगरको सम्भावना बलियो बन्दै गएको स्थानीयहरु बताउछन् ।

प्रतिक्रिया