नेपालगन्ज : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी गठबन्धन गरेर चुनावी माहोलमा होमिएका छन् ।
गठबन्धनले बैजनाथमा बिहिवार संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर अगाडी बढेको नेकपा माओवादी केन्द्र र समाजबादीले चुनावी संयुक्त राजनैतिक प्रशिक्षण कार्यक्रम गरेको हो ।
बैजनाथको अध्यक्षमा नेकपा माओवादीबाट दिपेन्द्र बहादुर शाह (युगान्त) र नेकपा एकीकृत समाजबादीबाट उपाध्यक्षमा टकर नाथ योगीले उम्मेदवारी दर्ता गराएका छन् ।

बैजनाथमा सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजबादी बलियो रहेकोले चुनाव प्रचण्ड बहुमतले जित्ने कार्यक्रममा नेताहरुले बताएका थिए ।
गठबन्धनले बैजनाथमा चुनावी सभा संगै संयुक्त रुपमा घरदैलो अभियान समेत सुरु गरिसकेको छ ।
नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य दल बहादुर सुनारको प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अन्जना चौधरीको विशेष अतिथिमा सम्पन्न कार्यक्रमको अध्यक्षता ग्रहण जय बहादुर बिकले गरेका थिए ।









