संस्थागत रुपमा युराेपेली देश सर्बियाको रोजगारी खुल्यो

काठमाण्डौ – नेपाल सरकारले युराेपेली देश सर्बियामा नेपाली कामदार पठाउन म्यानपावरहरुलाई अनुमति दिएको छ । योभन्दा पहिले व्यक्तिगत रुपमा मात्र नेपाली श्रमिक सर्बियाको रोजगारीमा जाने गरेका थिए ।

गएको बैशाख १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकारले संस्थागत रुपमा अर्थात् म्यानपावरलाई सर्बियामा पनि नेपाली कामदार पठाउन अनुमति दिएको हो । 

सर्बिया युरोप महादीपमा पर्ने देश हो । सर्बिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्ष पूरा भइसकेको छ ।

पछिल्लो समय युरोपेली देशमा रोजगारीको लागि जाने नेपाली श्रमिकहरुको संख्या बढ्दै गएको छ । योसँगै नेपाल सरकारले पनि युरोपेली देशको रोजगारीलाई विस्तार गर्दै लगेको छ ।

सर्बियामा नेपाली दूतावास नरहेकाले जर्मनीमा रहेकाे नेपाली दूतावासले नै कामदारकाे माग प्रमाणित लगायतका काम गर्ने श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।

नेपाल सरकारले योभन्दा पहिले संस्थागत रुपमा वैदेशिक राेजगारीकाे लागि एक सय १० देश खुला गरेकाे थियाे । जसमध्ये इराक, अफगानिस्तान र लिबियामा पठाउन अहिले रोक लगाइएको छ ।

प्रतिक्रिया