बाँके लगायत देशैभर आज ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाइयाे

बैशाख २०, नेपालगन्ज । बाँके लगायत देशैभर आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ । रमजानको महिना सुरु हुने बित्तिकै, चन्द्रमा हेरेर ईद-उल-फित्र मनाइन्छ । नेपागन्जको विपीचोक स्थित लगाएतका विभिन्न इदगाहमा गएर इस्लाम धर्मावलम्बीहरुले सामूहिक नमाज (प्रार्थना) गर्नुका साथै एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ । गत चैत २० देखि सुरु भएको रमजानको एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

प्रतिक्रिया