वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सहयोग पुर्याउन सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् ।
वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । चालिसेका अनुसार, १० आंशिक र दुई मत पूणर्रूपमा बदर भएका छन् । सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप लगाउँदा पूणर् बदर भएको जनाइएको छ ।
निर्वाचन अधिकारी चालिसेले यस्तो अवस्था आउन नदिन राजनीतिक दलहरूले मतदान शिक्षालाई जोडदिनुपर्ने अन्यथा बढी मत बदर हुने सम्भावना रहने बताउनुभयो ।









