लुम्बिनी विकास बैंकको ताराताल शाखा उद्घाटन

नेपालगन्ज :  लुम्बिनी विकास बैंक लिमिटेडको ८३ औं शाखा तारातालमा उद्घाटन गरिएको छ । सोमबार बर्दियाको तारातालमा ८३ औं शाखाको उद्घाटन गरिएको हो ।

बैंकको ८३ औं शाखाको रुपमा ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरेका थिए ।

सोमबार खोलिएको ताराताल शाखा सहित बैंकले देशको ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया