स्वच्छ दुध/मासु उपभोग सम्बन्धी अन्तरक्रिया नेपालगन्जमा सम्पन्न

खिम प्रसाद घिमिरे (के .पि घिमिरे)

नेपालगन्ज – स्वच्छ र स्वस्थ दुध मासु उपभोग सम्बन्धी अन्तरक्रिया गोष्ठी शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जको आयोजनामा सम्पन्न एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्ने मासु व्यवसायिहरुले सरकारको लगानि साना मासु पसल सुधारका लागी पुग्न नसकेको गुनासो गरेका थिए ।

विज्ञ केन्द्रले बाँके र बर्दियामा रहेका मासु व्यवसायिकलाई सहकार्यमा मासु पसल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान सहयोग दिने गरि १२ लाख बजेट छुट्याएको जनाएको छ ।

केन्द्रले २ लाख रुपैयाका दरले ६ जना व्यवसायिलाई अनुदान दिने गरि प्रतावना मागेको जानकारी दिएको थियो ।

जसकालागी मासु व्यवसायिहरुले पशु बधशाला र मासु जाचँ गर्ने सम्बन्धमा बनेको ऐन २०५५का बारेमा समेत जानकार गराइएको विज्ञ केन्द्रका प्रमुख बसिर अहमद खाँले जानकारी दिनुभयो ।

पशुबस्तुहरुलाई तनावमुक्त गराएर मात्र बध गर्न सुझाव विज्ञ केन्द्रले जनाएका छन ।

व्यवसायिक रुपमा मासु पसल सन्चालन गरेकाहरुलाई स्वच्छ सफा मासु उपभोक्तालाई उपलव्ध गराउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया