नेपालगन्ज :

गत मङ्सिर ७ गते क्रियटिभ ह्याण्ड्सको आयोजना सम्पन्न पाँचौ धारा नेपालगन्ज म्याराथनको नेपालगन्जमा शुक्रबार एक कार्यक्रम गरि समिक्षा गरिएको छ ।
३५० जना प्रतिस्पर्धी बाट सुरु भएको नेपालगन्ज म्याराथनको पाचौं संस्करणमा २७ सय पाँच जना एथलेटिक्स खेलाडीहरुले सहभागी जनाएका थिए ।
दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेको स्मरणमा’ शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ नेपालगन्ज म्याराथन आयोजना गर्दै आएको क्रियटिभ ह्याण्ड्सले आउने दिनमा अन्तर्राष्ट्रिय स्तरको पहिचान दिनका लागि प्रयास गरिने क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले बताए ।

कार्यक्रममा प्रदेश नम्बर पाँचकी प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ ले क्रियटिभ ह्याण्ड्सले खेलकुदको माध्यमबाट नेपालगन्जको पहिचान उच्च मात्र नभई नयाँ नयाँ खेलाडी समेत उत्पादन गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै आयोजक प्रती धन्यवाद दिदै आगामी संस्करणका लागि आफुले व्यक्तिगत रुपमा नैतिक, भौतिक तथा आर्थिक सहयोग गर्नका लागि तत्पर भएको बताउनुभयो ।
पाँचौ धारा नेपालगन्ज म्याराथन सम्पन्न गर्नका लागि विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै आयोजक क्रियटिभ ह्याण्ड्सले के एल दुगड ग्रुपका प्रदिप छाजेड, आशिर्वाद पेन्ट्स, राष्ट्रिय बाणिज्य बैंक, जुमा स्पोर्ट्स क्लब, हाम्रो खेलकुद डटकम, भेरी नर्सिङ कलेज, मेरो टुकी प्रज्ञालय, गोरखा युनाइटेड पब्लिक स्कुलका निर्देशक केशर आले, जिल्ला ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बम, होटल सिद्दार्थ भ्यु, दैनिक नेपालगन्ज, ब्राईटल्याण्ड कलेज, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हरी बस्नेत, ग्रेस ईन्टरनेस्नल एकेडेमी, नेपालगन्ज मेडिकल कलेज, एबिसी स्कुल लाई कदर पत्र प्रदान गरेको छ ।

कार्यक्रममा ५ नम्बर प्रदेशकि प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, ५ नम्बर प्रदेश खेलकुद बिकास समितिका निबर्तमान अध्यक्ष भिम वली लगाएतले खेलकुदको माध्यमबाट नेपालगन्जलाई थप उचाई र छुट्टै पहिचान दिन सफल भएको भन्दै आयोजक क्रियटिभ ह्याण्ड्सलाई धन्यवाद दिएका थिए ।











