नेपालगन्ज : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घले नेपालगन्जमा प्रदर्शन गरेका छन् ।
नेपालगन्जको बिपि चोकमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूले खाली सिलिन्डरमा मलाई कस्ले किन्न सक्छ भनेर व्यंग्यात्मक शैलीमा बिरोध जनाएका छन् ।
अनेरास्ववियु बाँकेका नेता प्रकाश बिश्वकर्माले खाली सिलिन्डरलाई उठाएको तस्वीरमा मलाइ कस्ले किन्न सक्छ भनेर लेखिएको छ ।
जुन तस्वीरले पछिल्लो समय भएको मूल्य वृद्धिलाई गिज्याएको छ ।
कोरोनाकाल सकिएर उठ्न लागेको बजार र आम मानिसको दैनिकीलाई अहिलेको महँगीले नराम्रो संग थिचेको छ । जसलाई प्रदर्शनकारीहरुले व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेर बिरोध जनाएका छन् ।













