नेपालगन्ज मेडिकल कलेजको सहयोगमा बाल सुधार केन्द्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज :

नेपालगन्ज मेडिकल कलेजको सहयोगमा बाल सुधार केन्द्रमा  निशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाँकेको डुडुवा गाउपालिका–६ मा रहेको जयन्तु बाल सुधार गृहमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको सहयोग र लायन्स क्लब अफ पि एन एल एफको अायोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सो बालसुधार केन्द्रमा रहेको १ सय ३५ बालकहरु मध्ये १ सय ३२ जनामा कण्डुरोग लुतो, दाद जस्तो छाला सम्बन्धिको रोगको संक्रमण देखा परेको नेपालगन्ज मेडिकल कलेजका छाला रोग विशेषज्ञ डा- कुमार पोखरेलले बताउनुभयो ।

उनीहरुलाई लायन्स क्लव अफ नेपालगञ्ज पिएनएलएफको सक्रियाता तथा नेपालगञ्ज मेडिकल केलज शिक्षण अस्पताल नेपालगञ्जको सहयोगमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी औषधि उपचार गरिएको क्लब कि अध्यक्ष रश्मि कानोडियाले बताउनुभयो ।

स्वास्थ्य शिविर कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका उप निर्देशक तथा चर्मरोग विषेशज्ञ डा. कुमार पोख्रेललको नेतृत्वमा खटिएको टोलीले सुधार केन्द्रमा पुगेर निशुल्क उपचार गर्नुको साथै उनीहरुलाई आवश्यक औषधि समेत बितरण गरिएको कार्यक्रममा पि एन एल एफकी अध्यक्ष रश्मी कानोडिया, लायन्स लिडर सञ्जय थापा, लायन्स अजय कुमार कानोडिया, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सहनिर्देशक डा. नितेश कुमार कानोडिया लगायतको सहभागिता रहेको अस्पतालका प्रशासकीय स-अधिकृत कुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया