
नेपालगन्ज :
नेपालगन्जको धम्बोझी चोकमा केही समय अघि राखिएको स्व. राजा वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ ।

त्यसक्रममा झडप हुँदा हवाई फायरको आवाज सुनिएको छ भने उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन् ।
त्यस्तैमा यता सहिद सेतु बिक चोकमा रहेको सहिद सेतु बिकको शालिकमा केही युवाहरुले तोडफोडको प्रयास गरेका छन् ।
तोडफोडको प्रयास गर्ने युवालाई प्रहरीले पक्राउ गरेको भिडियो सार्वजनिक भएको छ ।
