नेपालगन्ज : बाँकेको नेपालगन्ज न्यूरोडमा रहेको शहीद सेतु विकको शालिक मर्मत गरिन थालेको छ ।
जेठ १९ गते वीरेन्द्र चोक धम्बोझीमा स्व राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्ने क्रममा प्रहरी प्रशासनले जबर्जस्ती शालिक हटाईदिएपछि आक्रोशित केही युवाहरुले सेतु विकको शालिक तोडफोड गरेका थिए ।
सहित सेतु बिक बाँकेकै पहिलो सहिद हुनुहुन्छ भने २०६२/६३ को जनआन्दोलनको क्रममा सेतु बिक चोकमा उनले शाहदत प्राप्त गर्नुभएको थियो ।
केही युवाहरूले सहिद सेतु बिकको शालिक तोडफोड गरेको घटना पछि राजाबादी समर्थित र राप्रपाको निकै आलोचनामा भएको थियो ।
फोटो : अमृत लाल बैश्य/ नेपालगन्ज ग्यालरी











