
नेपालगन्ज :सोमबार कोहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगिताको पहिलो खेलमा जनचेतना युवा क्लब एचविए च्याम्पस्सँग ३४ रनले पराजित भएको छ ।
टस हारेर ब्याटिङ गरेको एचविए निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३७ रन बनाउँदा जनचेतनामाले १७.६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो ।
प्रतियोगितामा एचविएका सिद्धार्थ श्रेष्ठले ३२ बलमा ६ चौकासहित ५२ रनको योगदान दिए । त्यस्तै हर्सल भण्डारीले ५७ बलमा ३ चौकाको मद्दले ५० रन बनाए ।

जनचेतनामा बलर इर्फान खानले ५ ओभरमा १९ रन दिँदै ३ विकेट र विशाल पौडेलले ५ ओभरमा १६ रन दिँदै २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको जनचेतनाले कुशल प्रदर्शन गर्न सकेन ।
जनचेतनाका लागि सम्मु खानले ३५ बलमा ३ चौकाको मद्दतले २७ बनाए भने प्रबेश यादव र असिफ खानले १०/१० रन बनाए ।
एचविएका बलर आकाश भट्ट, सकिप कासगरले र रबिश बर्माले समान २/२ विकेट लिए ।प्रतियोगितामा प्लेयर अफ द म्याचमा एचविएका ब्याटस्म्यान सिद्धार्थ श्रेष्ठ घोषित भए ।
त्यसैगरी सोमबार साँझ भएको अर्को प्रतियोगितमा मंगोलियन स्पोर्टस् क्लबले ज्यागुवार क्रिकेट क्लबलाई ३२ रनले हराएको छ ।
टस जितेर ब्याटिङ गरेको मंगोलियनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो भने ज्यागुवारले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ ।
मंगोलिनका लागि दिपेश बर्मालेले ३५ बलमा ५ चौकासहित ३९ रन बनाउँदै नटआउट रहे ।
साथै संकेट पुनले ३२ बलमा ३ चौका र २ छक्कासहित ३४ रन बनाए सागर पौडेलले २२, यस हमालले १७ रनको योगदान दिए । ज्यागुवारका बलर अमित पौडेल, हसिब अन्सारीले २/२ विकेट लिएका छन् ।
त्यसैगरी जवाफी ब्याटिङमा उत्रेका ज्यागुवारका सदाब अन्सारीले १३ बलमा ४ चौकासहित २५ रन, मनोज यादवले १४ बलमा २ चौका र १ छक्कासहित २० र इमरान आलम खानले २७ बलमा २ छक्काको मद्दतले १८ रन बनाएका थिए ।
