
भैरहवामा देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएको छ। कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत नियमित उडान सुरू गरेको हो।
एयर जजिराले साताको तीनपटक उडान गर्ने बताइएको थियो र सोही अनुसार उडान थालेको थियो। उसको उडान तालिका सोमबार, बुधबार र शुक्रबार बिहानको छ तर हाल जजिराले हप्तामा सातै दिन उडान गर्ने जनाएको छ ।

यात्रुको संख्यामा पाएको उत्साह जनक चापको कारण जजिराले हप्तामा सातै दिन उडान गर्न थालेको हो ।
त्यस्तै युएईको एयर अरेबियाले पनि गौतम बुदा बिमानस्थलबाट उडानको लागि तयारी थालेको छ । ‘अहिलेसम्म युएईको एयर अरेबियाले उडानपूर्व गर्नुपर्ने केही चरणको तयारी गरेको बुझेका छौं। उडान अनुमति दिइसकेपछि मात्र कन्फर्म हुन्छ। आशा गरौं चाँडै नै एयर अरेबियाले उडान सुरू गर्नेछ।’
भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि करिब एक दर्जन वायुसेवा कम्पनीले चासो देखाएको पनि प्रवक्ता शाहले बताए। यसमा नेपाल एयरलाइन्स, श्रीलंकन, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमान एयर, चिनियाँ एयरलाइन्स लगायत छन्।
