नेपालगन्ज क्रिकेट कप : ज्योति स्पोर्ट्स सेमिफाइनलमा

नेपालगन्ज : ज्योति स्पोर्टस् एकेडेमी ॅए’ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मंगलबार कोहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा जनचेतना युवा क्लाबलाई ३६ रनले हराउँदै ज्योति समूह ॅए’ विजेत बनेको हो ।

टस जितेर ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिे १ सय ५८ रन बनाउँदा जनचेतनाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १२ रन बनाएको छ ।
ज्योतिका लागि साईजाद बागवानले ३२ बलमा ३ चौकाको मद्दतले ५१ रन बनाए । अनुज ठकुरीले २८ बलमा ४ चौकासहित ३२ रन बनाए ।

जनचेतनाका बलर सम्मु खान र नफिस खानले २/२ विकेट दिएका छन् ।
जवाफी ब्याटिङमा जनचेतनाका सम्मु खानले २४ बलमा २ चौकासहित २१ रन बनाए भने आफिस खानले १ चौकाको मद्दतले १६ रन बनाए ।

ज्योतिका बलर सोम शर्माले ५ ओभरमा २९ रन दिँदै ५ विकेट लिएका थिए भने सुनिल भण्डारीले ५ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन् । खेलमा ज्योतिका सोम शर्मा प्लेयर अफ द म्याच घोषित भएका छन् ।

त्यसैगरी मंगलबार साँझ भएको अर्को खेलमा ज्योति स्पोर्टस् एकेडेमी ॅबी’ ले कोहलपुर स्पोर्टस् एकेडेमीलाई ३३ रनले हराएको छ ।

सुरुमा ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । ज्योतिका लागि बसिर अहमदले ६२ बलमा ७ चौका र १ छक्काको मद्दले ५४ रन, सिद्धार्थराज शाहीले २२ बलमा २ चौकासहित ३१ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रीएको कोहलपुरले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनाउन सक्यो । कोहलपुरका लागि कुनै पनि खेलाडी २० रन पनि बनाउन सकेनन् ।

प्रतिक्रिया