सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैंकले निलसागरलाई गर्‍यो सहयोग

नेपालगन्ज : महालक्ष्मी विकास बैंकको २८ औं वार्षिक उत्सवलाई मनाउँदै बैंकको कोहलपुर शाखाद्धारा निलसागर बृद्धाआश्रम, कोहलपुरलाई सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत १० थान ३ बाई ६ को लोबेड, १ सय २५ केजि चामल र २५ केजि दाल सहयोग गरेको हो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा आश्रम कि संयोजक श्री अन्जु न्यौपानेले स्वागत मन्तब्य राख्दै अगामी दिनहरुमा अझै यस्ता किसिमको सहयोग हुने अपेक्ष समेत राख्नु भएको थियो ।

थोपा थोपा मिलेर समुन्द्र बने झै थोरै थोरै सहयोगले हामीले आकाशमुनी रात विताउन विवश अनाथ, असाहय, असशक्त बेसहारा एवं मनोरोगी सहयोगापेक्षी सडकमानवहरुको ब्यवस्थापन गर्न सजिलो हुने समेत बताउनु भएको थियो ।

साथै उक्त कार्यक्रममा मूख्य अतिथिको रुपमा पाल्नु भएको महालक्ष्मी विकास बैंक नेपालगंज शाखाको प्रमुख श्री कोमल विष्टले असाहय पुँजनिय मातापिताहरु हाम्रा नानीबाबु सरह नै माया गर्नु पर्छ । उमेर ढल्कीदै जाँदा मानब जातीमा ब्यहोरा बालापन पुनः फर्किन्छ । त्यो बालापनमा हामी रमाउन सिक्नु पर्छ । यो हाम्रो दायित्व हामी सबैको दायित्व भएको बताउनुभएको थियो ।

कार्यक्रममा कोहलपुर शाखाको प्रमुख शक्ति सिंह कर्मचार्यले समाग्री हस्तातरण गर्न पाउनु आफुहरुको सौभाग्य भएको र हामीले ब्यक्तिगत तथा संस्थाको लागि आर्शिबाद समेत बटुलेको कुरा बताउनु भएको थियो ।

प्रतिक्रिया