राष्ट्रिय मानवअधिकार आयोगबाट भएका निणर्य, सिफारिस कार्यान्वयनमा अधिकारकर्मीहरुको जोड

नेपालगन्ज, ६ असार । राष्ट्रिय मानवअधिकार आयोगबाट भएका निणर्य, सिफारिस कार्यान्वयनमा तदारुकता देखाउनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग लुम्विनी प्रदेश कार्यालय नेपालगन्जले आज नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारकर्मीहरुले आयोगबाट भएका निणर्य, सिफारिस कार्यान्वयनको अवस्था फितलो देखिएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

आयोगका आयुक्त डा. सुर्य ढुंगेलले सिफारीस कार्यान्वयनको अवस्था न्युन रहेको बताउनुभएको थियो । उहाँलाइृ सुझाव दिदै अधिवक्ता विश्वजीत तिवारीले प्रभावकारी कार्यान्वयनको सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै यसतर्फ सरकारले समेत चासो दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, जिल्ला समन्वय समितिका उपप्रमुख सिता कार्की, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपि श्यामकृष्ण अधिकारी, राष्ट्रिय मानवअधिकार आयोग लुम्विनी प्रदेश कार्यालय नेपालगन्ज प्रमुख झंकर रावल लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया