खजुराले ल्यायो ८३ करोड बढिको बजेट, शिक्षा र कृषिलाई प्राथमिकता

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ८३ करोड ८५ लाख ४३ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

शुक्रबार पालिका अध्यक्ष डम्बरबहादुर बि.कको अध्यक्षतामा बसेको सभामा पालिका उपाध्यक्ष मन्जु मल्लले बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेट चालु आव २०७८/७९ भन्दा बढि रहेको छ । चालु आवमा ८३ करोड ८५ लाख ४३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष मल्लले पालिकाका ८ वडाका लागि ६ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्तहुने अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको उपाध्यक्ष मल्लले बताउनुभयो ।

खजुरा गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा शिक्षा र कृषिलाई प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटमा शिक्षा तर्फ ३ करोड २६ लाख ८३ हजार र कृषि तर्फ १ करोड ८८ लाख ३७ हजार बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया