खजुराले मनायो ‘रोपाई महोत्सब’

नेपालगन्ज : बाँकेको खजुरामा नौमति पन्चे बाजा बजाएर धुमधामका साथ १९ औं रोपाइँ महोत्सव मनाइएको छ ।

खजुरा गाउँपालिका कृषि शाखाको आयोजनामा वडा नम्बर २ सिगाउँमा किसानहरुको खेतबारीमा मनाइएको रोपाई महोत्सबको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले धान रोपेर गरेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले हिलो खेतमा नाचेर रोपाई महोत्सवलाई थप रमाइलो प्रदान गरेका थिए ।

‘धानबालीमा जैविकताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ आयोजना गरिएको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा महिला पुरुषहरुको छुट्टाछुटै हिले दौड प्रतियोगिता समेत गराइएको कृषि शाखा प्रमुख पुनम पोखरेलले जानकारी दिइन ।

प्रतिक्रिया