नेपालगन्ज : नेपालगन्जमा जारी १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगितामा आज भएको कबड्डी प्रतियोगितामा छत्र-छात्रा दुबै तर्फ खजुरा गाउँपालिकाले स्वर्ण हात पारेको छ ।

खजुराले छात्रा तर्फ नेपालगन्ज उपमहानगरपालिकालाई २७-४ अंकको फरकमा जित हात पारेको छ भने तेस्रो स्थान नरैनापुर गाउँपालिकाले प्राप्त गरेको छ ।

त्यस्तै छात्र तर्फ खजुराले नेपालगन्जलाई नै २८-१३ को फरकमा जित हात पारेको छ । भने तेस्रो स्थान नरैनापुर गाउँपालिकाले हातपारेको छ ।

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता शनिबार देखी नेपालगन्जको रंगशालामा संचालन भैरहेको छ । उक्त प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले गरेका थिए । खेल भोलि सम्म चल्नेछ ।














